• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आजदेखि जिल्ला अदालत काठमाण्डाैमा पारिवारिक इजलास शुरु

    1.1K
    SHARES



    काठमाण्डाै । काठमाण्डाै जिल्ला अदालतमा आज साेमवारदेखि पारिवारिक इजलास शुरु भएको छ ।

    सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरू पूरा गर्न पाउँदा खुशी लागेको बताए ।

    उनले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरूपण गर्न सहज हुने विश्वास व्यक्त गरे ।

    प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोफानो चाँडो टुङ्ग्याउने भन्दै आउँदा दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास विस्तार गर्ने बताएका छन् । पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरूले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरूपण गर्न उनको आग्रह छ ।

    मुद्दाको चापलाई हेरेर आउँदा दिनमा माना चामल मुद्दा, सम्बन्धविच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरूपण गरिने  प्रधानन्यायाधीशले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया