• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इजरायलमा मृत्यु भएका १० जना ‘पढ्दै कमाउँदै कार्यक्रम’ बाट गएका नेपाली विद्यार्थी

    4K
    SHARES



    काठमाडौँ। इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थी रहेको खुलेको छ ।

    शनिबार हमासले इजरायलमा आक्रमण गरेको थियो । आक्रमणमा परेर अहिलेसम्म एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ । जसमा १० जना नेपाली छन् । परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणमा परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थी हुन् ।

    गाजानजिकै किब्बुज भन्ने ठाउँको आलुमिम फार्ममा प्रशिक्षणका लागि १७ जना विद्यार्थी सँगै थिए । प्रशिक्षण भइरहेका बेला प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेर एक जना बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार जना घाइते छन्, उनीहरूको उपचार भइरहेको छ । १० जनाको भने मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ ।

    यी विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए। एक महिनाअघि उनीहरू ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट इजरायल गएका थिए ।

    परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।

    सरकारले इजरायलमा रहेका नेपालीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्वदेश ल्याउने र घाइतेका लागि उपचारको व्यवस्थाका लागि पहल गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ