• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इजरायलमा रहेका विद्यार्थी तत्काल उद्धार गरी स्वदेश फर्काउन क्रान्तिकारीको माग

    1.5K
    SHARES



    काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मिलन राईले इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी तत्काल स्वदेश फर्काउन माग गरेका छन् ।

    संगठनको केन्द्रीय समितीको तर्फबाट आईतबार साझ एक प्रेस वक्तव्य जारी गरेर संयोजक राईले इजरायलमा रहेका नेपाली नागरिक र युवा विद्यार्थीहरूको हालको अवस्थाको जानकारी गराउन माग गर्दै उनिहरूलाई तत्काल उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकार र इजरायलस्थित नेपाली राजदुतावाससँग जोडदार माग गरेको हो ।

    संयोजक राईद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ, ‘वर्षौँदेखि इजरायल र अमेरिकाले प्यालेस्टाइनमाथि थोपरेको युद्धले थप जटिल र विस्फोटक रूपलिँदा सोही युद्धमा परेर नेपाली विद्यार्थीहरूले जीवन गुमाएको र घाईते भएको समाचार सार्वजनिक भएका छन् । इजरायलमा “Learn and Earn” कार्यक्रम अन्तर्गत चितवनको कृषि तथा वन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान र वन सङ्कायमा अध्ययन गर्न गएका विद्यार्थीहरू मध्ये हालसम्म १० जना विद्यार्थीहरू मारिएको र अरु घाईते भएको समचारबाट हाम्रो सङ्गठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

    साथै उक्त विज्ञप्तिको अघाडी भनिएको छ, ‘दुनियाँमा हतियार र युद्धको व्यापार गरेर मानव जीवनसँग खेल्ने अमेरिकी साम्राज्यवाद मानवता विरोधी छ भन्नेकुरा अब कसैबाट लुकेको छैन । साम्राज्यवादको यही रबैयाले संसारलाई युद्धमा धकेलिरहेको छ, जसको पछिल्लो उदाहरण प्यालेस्टाइनी र युक्रेन युद्ध हुन् । त्यसैले अमेरिका र युद्ध अब पर्यायवाची भईसकेका छन्, जो यो युद्धको मुख्य कारक हो ।’

    ‘नेपाली विद्यार्थीहरूले इजरायलको बंकरबाट उद्दारको अपिल गर्दै पठाएका भिडियोहरू मिडिया र सामाजिक संजालमा सर्वजनिक भईरहँदा पनि नेपालको अमेरिकि कठपुतली दलाल सरकार लाचार बनेर रमिते बनिरहेको छ । नेपाली युवा विद्यार्थीहरूलाई विदेशको भाडाका कामदार बनाएर नेपालमा मोजमस्ति गरिरहेका शासकहरू कतिसम्म लाचार छन् भने नेपाली विद्यार्थीहरूको अवस्था के कस्तो छ भन्नेसम्म जानकारी गराउन सकेका छैनन् । जुन हाम्रा लागि दु:ख र राष्ट्रिय लज्जाको विषय हो ।, क्रान्तिकारीका संयोजक राईद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ ।’

    त्यस्तै उनले नेपाली नागरिकलाई विदेशीका आधुनिक दास बनाएर पराईको भुमिमा मृत्युवरण गर्न बाध्य बनाउने नेपालको दलाल राज्यसत्तालाई नागरिकलाई निर्यात गर्ने काम बन्द गर्न पनि जोडदार माग गरेका छन् ।

    साथै विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘देशका लागि पराई भुमिमा शिक्षा र श्रम गर्दैगर्दा मृत्युवरण गरेका नेपाली विद्यार्थीहरूप्रति हाम्रो सङ्गठन भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दु:खद क्षणमा सम्पुर्ण परिवारजनमा न्यानो समवेदना व्यक्त गर्दै अखिल (क्रान्तिकारी) सदा नेपालका तमाम विद्यार्थी र अभिभावकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ ।’

    यस्तो छ विज्ञप्ति

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ