काठमाडौँ। इजिप्टमा प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाएका छन् ।
सार्वजनिक रिपोर्टका अनुसार अलेक्जेन्ड्रिया सहरमा २ इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ ।
स्थानीय मिडिया रिपोर्ट अनुसार १ प्रहरी अधिकारीले इजिप्टको उत्तरी तटमा स्थित प्राचीन रोमन स्थलतिर गइरहेका इजरायली पर्यटकको एक समूहमा अन्धाधुन्ध गोली चलाएका छन् ।
गोलीबारीमा २ इजरायली पर्यटक र इजिप्टका एक गाइड मारिएको खबर छ । यस्तै केही पर्यटक घाइते छन् । घटनापछि प्रहरी अधिकारीलाई तुरुन्त पक्राउ गरिएको छ ।
प्रतिक्रिया