काठमाडौं । अफगानिस्तानमा आएको भीषण भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।
समाचार एजेन्सी एपीका अनुसार तालिबानका प्रवक्ताले पश्चिमी अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या २ हजार पुगेको बताएका छन् ।
अधिकारीका अनुसार यो भूकम्पका कारण ९ हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ४ सय ६५ भन्दा बढी घर ध्वस्त भएका छन् भने १ सय ३५ वटामा क्षति पुगेको छ ।
संयुक्त राष्ट्रका अनुसार भग्नावशेषमा धेरै मानिस दबिएका हुन सक्छन् । स्थानीय प्रशासनले उद्धार कार्य र राहत अभियान जारी रहँदा मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का गरेका छन् ।
भूकम्पको तीव्रता ६.३ थियो । भूकम्पले इरानको सीमा नजिकै हेरात सहरका भवनहरुमा धेरै क्षति पुगेको छ ।
प्रतिक्रिया