• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इजरायल पुगेकी बलिउड अभिनेत्री सम्पर्कविहीन

    5.3K
    SHARES



    काठमाडौँ । इजरायल पुगेकी एक बलिउड अभिनेत्री शनिबारदेखि सम्पर्कविहीन भएकी छन् ।

    हमास र इजरायलबिचको पछिल्लो संघर्षका कारण त्यहाँको अवस्था असामान्य बनेसँगै उनी सम्पर्कविहीन भएकी हुन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेत्री नुसरत भरुचा इजरायलमा ‘हाइफा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुन गएकी थिइन् ।

    उनको टिमकै एक सदस्यले उनी सम्पर्कविहीन भएको जानकारी दिएका हुन् । सुरक्षा उपायका दृष्टिकोणले थप विवरण सार्वजनिक गरिएको छैन । यद्यपि, उनीसँग अन्तिम पटक सम्पर्क हुँदा एक बेसमेन्टमा सुरक्षित रहेको जानकारी आएको तर त्यसपछि भने कुनै सम्पर्क नभएको उनको टिमका सदस्यको भनाइ छ ।

    गत अगस्ट महिनामा नुसरत अभिनित फिल्म ‘अकेली’ प्रदर्शनमा आएको थियो । नुसरतले इन्स्टाग्राममा आफ्ना प्रशंसकका लागि एउटा भिडियो पोस्ट गर्दै लेखेकी थिइन्, ‘अकेली- जीवनको रक्षाका लागि एक साधारण युवतीको लडाइँ ।’

    उक्त फिल्ममा एक भारतीय युवतीको संघर्ष देखाइएको छ जो युद्धग्रस्त इराकमा एक्लै फस्छिन् । विभिन्न बाधा-व्यवधानका बाबजुद बाँच्नका लागि ती युवतीले संघर्ष गरेको कथामा आधारित चलचित्र हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया