• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, २ गम्भीर

    1.5K
    SHARES



    काठमाडौँ । इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार १४ जना नेपाली कार्यरत एक कृषि फार्ममा आक्रमण हुँदा यो घटना भएको थियो । आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग इजरायलस्थित नेपाली दूतावास सम्पर्कमा रहेको र इजरायली अधिकारीहरूसँगको सम्पर्क र सहकार्यमा नेपालीहरूको सुरक्षा, उद्धार र घाइतेहरूको उपचार भइरहेको मन्त्रालयको भनाई छ ।

    पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई चनाखो रहन र अधिकारीहरूले सुझाएको सुरक्षाका उपायहरू अवलम्बन गर्न अनुरोध गरेको छ ।

    सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको भर्त्सना गर्दै इजरायलको सरकारप्रति ऐक्यबद्धता समेत जनाएको छ । सरकारले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीर्ष स्वास्थ्य लाभको कामना गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया