• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एसियाली खेलकुद- महिला भलिबलमा नेपालको सान्त्वना जित

    1.6K
    SHARES



    काठमाडौं । मंगोलियामाथि सान्त्वना जित हात पार्दै नेपालको महिला भलिबल टिमले चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदको यात्रा सकाएको छ ।

    शनिबार देकिङ स्पोर्ट्स सेन्टर जिम्नयासियममा भएको क्लासिफिकेसन म्याचमा नेपालले मंगोलियालाई ३-२ को सेटमा पराजित गरेको हो ।

    यस जितपछि नेपाल १३ टोली सम्मिलित एसियाडको महिला भलिबलमा ११औं भएको छ । यसअघि नेपालले लगातार ४ खेल हारेको थियो ।

    मंगोलिया विरुद्ध पहिलो सेट २५-१७ ले गुमाएको नेपालले त्यसपछि कमब्याक गर्दै लगातार २ सेट जितेको थियो । दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा २-१ को अग्रता बनाएको थियो ।

    तर चौथो सेटमा भने नेपालले लय कायम राख्न नसक्दा मंगोलियाले २५-१८ ले जित्दै खेल २-२ को बराबरी अवस्थामा पुर्‍यायो । पाँचौ तथा अन्तिम सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै नेपालले प्रतिस्पर्धात्मक खेल जितेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया