• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाण्डौ महानगरपालिकाले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

    1K
    SHARES



    काठमाण्डौ।  काठमाण्डौ महानगरपालिकाले खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

    दशैँका लागि किनबेच हुने खसीबोकालगायत चौपायाको यही २३ गते मङ्गलवारदेखि नै अनुगमन र स्वास्थ्य परीक्षण गर्ने महानगरले जनाएको छ ।

    अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र यस्तो अनुगमन हुँदै आएको थियो ।

    कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने महानगरको तयारी छ ।

    अनुगमन समितिका संयोजकसमेत रहेकी उपमेयर सुनिता डङ्गोलको संयोजकत्वमा महानगरको कृषि तथा पशुपक्षी विभाग, प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपायाको परीक्षण हुने महानगरको कृषि विभाग प्रमुख डा. अवधेश झाले बताए ।

    खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने छ । परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उनले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गरेका छन् । महानगरले चौपाया बिक्री स्थान, मासु पसलहरु र बधशालालगायतका ठाउँमा पनि अनुगमन गर्नेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया