• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपाल र लाओसबीचको खेल हेर्न ३ देखि ५ सय तिर्नुपर्ने

    1.3K
    SHARES



    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप-२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले २ देशबीचको खेलका लागि साधारण पारापिटतर्फ ३ सय रुपैयाँ र भिआईपी पारापिटतर्फ ५ सय रुपैयाँ कायम गरिएको जनाएको हो ।

    खेलको टिकट अखिल नेपाल फुटबल संघ आफैँले व्यवस्थापन गरी बिक्री गर्ने बताइएको छ । खेलको लागि लावस ९ अक्टोबरमा नेपाल आउने र प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको बताएको छ ।

    प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ । फिफा वरियताको १ सय ८६ औं स्थानमा रहेको लावससँग १ सय ७५ औं स्थानमा रहेको नेपालको सो खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ ।

    खेलको कमर्सियल एण्ड मिडिया राइज्ट्स सिंगापुरस्थित स्पोर्ट लाइभलाई प्रदान गरिएको छ । खेल असोज २५ गते दशरथ रंगशालामा हुनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया