• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विद्यालय शिक्षा विधेयक पुनर्लेखनको आवश्यकता छः सांसद यादव

    674
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनर्लेखनको आवश्यकता रहेको बताएका छन् ।

    शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उनले शिक्षा विधेयक संवेदनशील विषय भएको भन्दै विधेयक सोचेर बनाउनुपर्ने बताए । उनले विधेयकमा व्यापक हेरफेर गर्न र व्यापक संशोधन हाल्न जरुरी रहेको उल्लेख गरे । उनले विधेयक निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन ? भन्दै प्रश्न गरे ।

    उनले भने , ‘शिक्षा विधेयक संवेदनशील विषय हो । यो विधेयक यस्तो बन्नुपर्छ की आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ । यो विधेयक सोचेर बनाउनु पर्छ । यो विधेयकको पुनः लेखनको आवश्यकता छ । किनभने यसमा व्यापक हेरफेर गर्न जरुरी छ । यसमा व्यापक संशोधन हाल्न जरुरी छ । यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय बिस्थापन गर्न त आएको होइन ? मैले महशुस गरेको छु । निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त ? सल्लाह सुझाव लिएको भए त्यस्तो स्थिति आउँदैन थियो कि । शिक्षकहरुको आन्दोलन त जायज थियो, त्यसैले सम्झौता गरेको हो । सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्छ ।’

    उनले सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना हुनुपर्ने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया