काठमाडौँ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका छन् ।
शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएका हुन् । कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको उनले बताए ।
उनले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खाली नगर्ने र कमभन्दा कम आम नागरिकलाई असर पर्नेगरी भीभीआईपीको भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको बताए ।
उनले भने, ‘भीभीआईपी सवारीको प्रसंग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ । हाम्रा भीभीआईपीहरुको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई बिस्तारै मिनिमाइज गर्दै लगिएको छ ।
त्यसलाई बिस्तारै सुधार गर्दै लगिएको छ ।’ प्रजिअ बस्नेतले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रिपरिषद्मा पुगेको समेत जानकारी दिए ।
प्रतिक्रिया