• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विद्यार्थी संगठनको अवरोधपछि त्रिवि सेवा आयोगले लिइरहेको परीक्षा स्थगित

    0.9K
    SHARES



    काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ ।

    व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथली विषयका प्राध्यापक र सहप्राध्यापकका लागि आन्तरिक तथा खुलातर्फबाट पदपूर्ति गर्न लागेको थियो ।

    १४ देखि १९ असोजसम्म दुवैतर्फको अन्तवार्ता लिने कार्यतालिका सेवा आयोगले प्रकाशित गरेको थियो । आयोगले बिहीबार (१८ असोजसम्म) का अन्तर्वार्ता सकिएको आयोगले जनाएको छ ।

    नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले पदपूर्तिको विरोध गरेपछि आयोगले परीक्षा स्थगित गरेको हो । ती संगठनले बुधबार साँझदेखि सेवा आयोग, विज्ञान डिनको कार्यालय, त्रिवि पुनरावेदन आयोगको कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

    शुक्रबार हिन्दी विषयको प्राध्यापक र सहप्राध्यापक र समाजशास्त्र विषयको सहप्राध्यापकको अन्तर्वार्ता गर्ने गरी आयोगको तयारी थियो । अन्तर्वार्ताका गर्नका लागि अवरोध खडा गरिएको जनाउँदै त्रिवि सेवा आयोगका प्रमुख केदारनाथ ढकालले अन्तर्वार्ता स्थगित गरिएको विज्ञप्तिमार्फत भनिएको छ ।

    नेविसंघले आयोगका अध्यक्ष प्रा.डा.घनश्याम भट्टराई र सदस्य प्रा.डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रवेशमा निषेध गर्दै सेवा आयोगमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । आयोगले लिएका विगतका परीक्षा विवादस्पद रहेको, अपारदर्शी अनियमित तरिकाले परीक्षा लिन लागेको नेविसंघले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया