• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युक्रेनमा रुसको रकेट आक्रमण, ५१ जनाको मृत्यु

    1.1K
    SHARES



    काठमाडौँ। युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रुसी आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।

    बिहीबार भएको उक्त रकेट आक्रमणमा क्याफे र स्टोर गाउँ भग्नावशेषमा परिणत भएको समाचार संस्था एपीले जनाएको छ ।

    एक जना मृतक स्थानीयको सम्झनामा श्रद्धाञ्जलीसभा भइरहेको स्थानमा आक्रमण भएकाले ठूलो क्षति भएको गृहमन्त्री इगोर क्लाइमेन्कोले बताए ।

    उनका अनुसार ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा छ वर्षीय बालकदेखि ज्येष्ठ नागरिकसम्म रहेका छन् ।

    युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर पोस्ट गरेका छन् । यो पछिल्लो महिनाकै सबैभन्दा घातक हमला भएको उनको भनाइ छ ।

    युक्रेनका सहयोगीबाट समर्थन जुटाउन स्पेनमा ५० युरोपेली नेताहरूको शिखर सम्मेलनमा भाग लिएका जेलेन्स्कीले यस आक्रमणलाई आतंकवादको कार्य भनी निन्दासमेत गरेका छन् ।

    अग्रस्थानमा रहेको शहर कुपियान्स्कबाट सो क्षेत्र ३० किलोमिटर दूरीमा दुरीमा रहेको छ । जहाँ युक्रेनी सेनाले रुसी सेनासँगको लडाइँमा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया