• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गण्डकी राजनीति

    एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी

    1.1K
    SHARES



    पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी ५ सय ३१ मतसहित विजयी भएका हुन् ।

    उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई १ सय ६६ मतले हराएका हुन् ।

    निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल-स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । तर चुनावी प्रतिस्पर्धामा शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोर्यो ।

    उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ ५ सय ३४ मतसहित विजयी हुँदा अर्का प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

    सचिवका उम्मेदवार लमजुङका धनञ्जय दवाडीले ५२० मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी कास्कीका रश्मी आचार्यले ३६७ मत पाए । दवाडी शर्माकै प्यानलका हुन् ।

    उपसचिव पदमा पनि शर्मा प्यानलका कास्कीका दामबहादुर विक विजयी भएका छन् । उनले ४९९ मत पाएका छन् । उपसचिव पदका अर्का प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मतमात्र पाए ।

    उपसचिव महिलातर्फ पनि शर्मा प्यानलकी पर्वतकी मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३६५ मत पाइन् । अधिवेशनमा विभिन्न क्लस्टरबाट २७ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया