• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सिक्किममा ताल फुटेर आएको बाढीमा परि १४ मृत्यु, सेनाका २२ जवानसहित १ सय २ जना बेपत्ता

    9.8K
    SHARES



    काठमाडौँ। भारतको सिक्किम राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल फुटेर आएको बाढीमा परि १४ जनाको ज्यान गएको छ ।

    बाढीका कारण सेनाका २२ जवानसहित १ सय २ जना बेपत्ता भएका छन् । ५ वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सयौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।

    बेपत्ताको खोजी र उद्धारका काम भैरहेको खोज र उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सिक्किम राज्य सरकारले हिजो बिहान ताल फुटेर टिस्टा नदीमा ठूलो बाढी आएपछि विभिन्न भागमा तीन हजारभन्दा धेरै पर्यटकहरू फसेका जनाएको छ ।

    भवन र गाडीमा पनि क्षति पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गरी आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया