• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाण्डौबाट दमामका लागि उडेको जहाजको अलर्टमा जब खराबी आयो…

    1.6K
    SHARES



    काठमाण्डाै । काठमाण्डौबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्किएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एक घण्टामै गएराति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाण्डौ फर्किएको हो ।

    जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार जहाज गएराति ११ बजेर १० मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो ।

    ‘पाकिस्तानको सीमा नजिकै पुगेको जहाज प्रविधिमा खराबी आएको थाहा पाएपछि भारतीय आकाशबाटै फर्किएको विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।

    उनका अनुसार यो जहाजका यात्रुलाई अब नेपाल एअरलाइन्सकै अर्को जहाजबाट गन्तव्यमा पुर्याइने भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया