• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एउटै सर्पले दिदीबहिनीलाई डस्यो- एकको मृत्यु, अर्काेको अवस्था गम्भीर

    495
    SHARES



    रूपन्देही । कपिलवस्तुको वाणगंगामा एकै घरका दुई बालिकालाई सर्पले डस्दा एकको मृत्यु भएको छ ।

    अर्को एक जनाको अवस्था गम्भीर रहेको छ । वाणगंगा नगरपालिका- ९ भलवाड जिनुवास्थित मोतीलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रीतिका र ८ वर्षीय इशिकालाई मंगलबार राति सर्पले डसेको थियो ।

    वाणगंगा नगरपालिका- ९ का वडाध्यक्ष कमल पौडेलले गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा बहिनीको मृत्यु भएको र दिदीको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

    लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका रीतिकाको उपचारको क्रममा मृत्यु अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए । इशिकाको भने भेण्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए ।

    एक जनाको कान र अर्कोको हातमा सर्पले डसेको बताइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया