• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माधव नेपाल भन्छन्- कांग्रेस बिनाको सरकार असम्भव छ

    1K
    SHARES



    काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस बिनाको सरकार असम्भव रहेको बताए ।

    नेकपा एसको मेची-महाकाली समाजवादी जागरण अभियानको क्रममा आज जनकपुरधाम पुगेका अध्यक्ष नेपालले कांग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताएका हुन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको पनि बताए ।

    उनले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको पनि बताए । उनले सरकारले केही राम्रा काम गर्न खोजेपनि पर्याप्त नभएको बताएका हुन् ।

    उनले यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको बताए । अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पादै उनले काँग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताएका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया