काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लेन्ससँग आर्सनल २-१ ले स्तब्ध बनेको छ ।
मंगलबार समूह बीको खेलमा लेन्सले पाहुना टोली आर्सनललाई २-१ ले हराएको हो । खेलमा अग्रता आर्सनलले ग्याब्रियल जिससको गोलमा १४ औं मिनेटमा लिएको थियो ।
एडरिन थोमसनले २५ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । खेलको ६९ औं मिनेटमा एली वाहीले गोल गर्दै लेन्सलाई जित दिलाए ।
मंगलबारको रात आर्सनलले सिजनको पहिलो हार ब्यहोरेको हो । त्यसमा समेत च्याम्पियन्स लिगको हार उसका लागि पिडादायी रह्यो ।
आईतबार म्यानचेस्टर सिटीसँग भिड्न लागेको आर्सनललाई फरवार्ड बुकायो साकाको चोटले सताएको छ । उनी ३३ औं मिनेटमा चोट बोक्दै मैदान बाहिरीएका थिए ।
यस्तै, बलियो श्रीलङ्कालाई हराउँदै अफगानिस्तान चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानले बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा श्रीलङ्कामाथि ८ रनको रोमाञ्चक जित हासिल गर्यो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय १६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने १९.१ ओभरमा अलआउट हुनुअघि एक सय आठ रनमात्र बनाउन सक्यो ।
प्रतिक्रिया