• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेपालगञ्जमा मोबाइल नेटवर्क तत्काल बन्द गर्न राप्रपाको आग्रह

    4.7K
    SHARES



    काठमाडौँ । राप्रपाका सांसद धवल शमशेर जबराले बाँकेको नेपालगञ्जमा हिंसा भड्किन नदिन तथा घटना तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर उनले जुनसुकै हिंसा भए पनि तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    ‘सभामुख महोदय बाँकेको नेपालगञ्जमा कर्फ्यू लागेको छ । चाहे मधेसमा होस् वा कोशीमा होस् वा नेपालगञ्जमा भएका हिंसाका घटना होस् ।हिंसालाई तत्काल नियन्त्रण गर्न सकारको ध्यानाकर्षण गराउँछु’, उनले भने, ‘देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्छु ।’

    नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच हिंसा भड्किन सक्ने देखिएकाले स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया