• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    महंगी, दलाल र भ्रष्टाचारविरुद्ध नेकपासहित ३ पार्टी सडकमा, ओली-प्रचण्डलाई दिए यस्तो चेतावनी

    9.2K
    SHARES

    काठमाडाैं ।

    ओली सरकारले दैनिक उपभोग्य वस्तुमा चर्को रुपमा बढाएको मूल्य तत्काल फिर्ता गर्न विभिन्न दलका नेताहरुले माग गरेका छन् ।

    बिहीबार महंगी, भ्रष्टचार र तस्करीले सर्वसाधारणको दैनिक रुपमा चरम मारमा पर्दै गएको र दलाल–बिचौलियाहरुले दैनिक पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्य उच्च दरमा बढेको भन्दै उनीहरुले तत्काल नियन्त्रण गरेर सहज बनाउन सरकारसँग माग गरेका छन् ।

    काठमाडौंमा गरिएको विरोध सभामा बोल्ने वक्ताहरुले मूल्यवृद्धि तत्काल फिर्ता नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रुपमा विरोध सभा गरिरहेको छ । जनसभा नेकपाका पोलिट ब्यूरो सदस्य उमा भुजेल ‘शिलु’, क्रान्तिकारी माओवादीका नेता पोलिटब्यूरो सदस्य हस्तबहादुर केसीलगायत नेताहरु उपस्थित छन् ।

    वक्ताहरुले सरकार जनविरोध रवैयामा लागेको भन्दै दलाल संसदीय सरकारलाई विस्थापित गरेर वैज्ञानिक समाजवादी राज्य सत्ता स्थापनाको विकल्प नभएको बताएका छन् ।

    २ बजे शुरु भएको विरोध र्याली बागबजार, पुतलीसडक, भृकुटीमण्डप, भद्रकली, शहिदगट, न्यूरोड, भोटाहिटीहुँदै पुनः शान्तिबाटिका पुगेर आयोजित जनसभामा नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।

    सरकारले नै तीन महिनामा पेट्रोल, डिजेल र मट्टितेलमा तीनपटक मूल्य बढाइसकेको छ । पेट्रोल अहिले १ सय १३ रुपैयाँ पुर्याएको छ । सरकारले दलाली गरेको वक्ताहरुले भनाई छ । पेट्रोलियम पदार्थमा मूल्य बढाएसँगै ढुवानी, उपभोग्य वस्तु दाल, चामल, तेलको मूल्य चर्को भएको छ भने सार्वजनिक सवारीको भाडा बढाउने तयारीमा सरकार लागिरहेको छ ।

    २०७५ जेठ ३१ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ