• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भ्रष्टाचारको आरोप लागेपछि सचिव मरासिनीले दिए यस्तो ८ बुँदे स्पष्टीकरण

    0.9K
    SHARES



    काठमाडौँ । उद्योग सचिव मधुकुमार मरासिनीले नेशनल पेमेन्ट गेटवे खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूमाथि लगाएको अभियोग अन्यायपूर्ण भएको बताएका छन्।

    अख्तियारले सोमबार मरासिनीलगायत ९ जनालाई २३ करोड २७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा चलाएको हो।

    अख्तियारले मरासिनीलाई अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाको प्रमुख हुँदा बजेट सिलिङभन्दा बाहिर गएर नेसनल पेमेन्ट गेटवेका लागि बजेट विनियोजन गरेको आरोप लगाएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग नै नगरेको बजेट दिएको पनि मरासिनीमाथि अख्तियारको आरोप छ।

    अख्तियारको यो आरोपको मरासिनीले ८ बुँदामा खण्डन गरेका छन्:

    पहिलो, बजेट सिलिङ माघ महिनामै मन्त्रालयहरूमा जान्छ। सामान्यतया अनिवार्य दायित्व र निरन्तर रहेका आयोजनाहरूमा मात्र बजेट रहन्छ। त्यही रकम मन्त्रालय हरूले LMBIS मा प्रस्तुत गर्छन्। नेसनल पेभमेन्ट गेटवेलाई नीति कार्यक्रममा राखिदिन शिक्षा मन्त्रालयमा चैत २० मा मात्रै पत्राचार भएको छ। त्यसैले माघमा गएको सिलिङभित्र यो नपर्ने र मन्त्रालयबाट LMBIS Entry नहुने स्वाभाविक छ।

    दोस्रो, त्यो वर्षको बजेट वक्तव्य को बुदा नं १८३ मा परेको यो कार्यक्रमका लागि रातो किताबमा विनियोजन प्रस्ताव भएको छ। यस्तो प्रस्तावमा सचिवको नेतृत्वमा लेखिने बजेट टिममा छलफल भएरै विनियोजन हुने हो र यो बजेट निर्माणको नितान्त स्वाभाविक प्रक्रिया हो।

    तेस्रो, किन २५ करोड भन्ने केवल विनियोजन अनुमान मात्र हो। पछि सम्बन्धित मन्त्रालय/ निकायले लागत अनुमान स्वीकृत गराई सार्वजनिक खरिद कानुन अनुसार कार्यान्वयन गर्ने हुन्। कहिलेकहीँ यो अनुमान अपुग हुँदा अर्थ मन्त्रालयमा थप बजेट माग हुन्छ र मात्र कार्यान्वयन हुन्छ। कतिपय बेला कम मात्र खर्च भएर बजेट फ्रिज हुन्छ। हामी कहाँ पुँजीगत खर्च ६० प्रतिशत हाराहारी खर्च हुने गरेको छ।

    चौथो, अर्थ मन्त्रालयले बजेट अख्तियारी दिँदा नै चैत मसान्तभित्र कार्यान्वयन प्रक्रियामा नगए सो बजेट फिर्ता गर्नुपर्छ भनेको हुन्छ। अर्थ मन्त्रालयले नमागी बजेट दियो अनि मैले खर्च गरेँ भन्नु हाँस्यास्पद हुन्छ। पाँचौं, जेठ १५ मा आउने विनियोजन विधेयक मन्त्रिपरिषदबाट पास भएपछि अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्छन्। संसदले पास गरेपछि मात्र विनियोजन विधेयक ऐन बन्छ।

    छैटौ, अर्थ मन्त्रालयले विनियोज विधेयक तयार गर्नेसम्म हो। त्यो पनि अनुमानको रूपमा मात्र। अरू कानूनसरह दफावार छलफल भएर संसदले पास गर्छ र बल्ल कानून सरह बनेर कार्यान्वयनमा जाने हो। हाम्रो (अर्थ मन्त्रालयका कर्मचारीको) काम यो विधेयक अनुमान तयार गर्ने मात्र हो।

    सातौं, बजेट अर्थ-राजनीतिक डकुमेण्ट भएकोले सारा राजनीतिक कार्यकर्तादेखि माननीयहरू, मन्त्री,संवैधानिक निकाय तथा मन्त्रालयको घुइँचो-दबाब सबै सहेर बजेटको टिमले बजेट अनुमान तयार गर्छ। त्यसमा फेरि सचिव सहसचिवहरूको टिम बसेर छलफल गरेरमात्र अन्तिम बजेट अनुमान तयार हुने हुँदा बजेट शाखामा बस्ने कर्मचारीलाई मात्र किन लेखिस् वा इन्ट्री गरिस् भन्नु त विल्कुलै अन्यायपूर्ण हुन्छ।

    आठौं, खरिद प्रक्रियालई तयारी टेण्डर आदि प्रक्रिया सबै सम्बन्धित निकायले गर्ने हो। यसमा अर्थ मन्त्रालयको कुनै भूमिका नै रहन्न। सार्वजनिक खरिद ऐनबमोजिम वित्तीय उत्तरदायी अधिकृत सम्बन्धित मन्त्रालयको सचिव नै हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ