• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दशैंका बेला यातायात र सडकबारे छलफल गर्न संसदीय समितिले मन्त्रीलाई बोलायो

    706
    SHARES



    काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

    दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधबार मन्त्री ज्वाला र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

    दशैं, तिहारमा सर्वसाधारण काठमाडौंबाट घर जाने बेला यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले भत्किएका सडक मर्मतका विषयमा मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताए ।

    ‘…राजमार्गहरु पहिरोले तहसनहस भएको छ । त्यसलाई चाँडो बनाउनका लागि र उपत्यकाबाट बाहिरी जिल्लाहरुमा लाखौंको संख्यामा जनताहरु आफ्नो घरघर जाने भएकाले त्यसको जाने व्यवस्था, बसको टिकट, बस व्यवस्थापनका लागि अनुरोध गर्न मन्त्रीज्यूलाई पनि बोलाउन लागिएको हो’ उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ