• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सल्यानमा चितुवाको आक्रमणबाट ४ जना घाइते

    768
    SHARES



    काठमाडौँ। सल्यानमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् ।

    छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताएका छन् ।

    छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई आक्रमण गरेको हो ।

    प्रहरी निरीक्षक श्रेष्ठका अनुसार चितुवाले ३ वटा कुखुरा पनि मारेको थियो । मारेका कुखुरा हेर्न जानेक्रममा लुकेर बसेको बाघले मान्छेमाथि आक्रमण गरेको थियो ।

    घाइतेहरुलाई सल्यान अस्पतालपछि थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल पथाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया