काठमाडौँ। नेकपा (एमाले) को कर्णाली प्रदेशको मतगणनामा गुलाबजंग शाहले सुरूआती अग्रता लिएका छन् ।
पहिलो चरणमा १ सय मत गनेर सकिएको छ । १ सय मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले ५२ मत पाएका छन् ।
अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् भने प्रकाश रोकायाले २ मत ल्याएका छन् ।
एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो । अहिले मतगडना जारी छ ।
प्रतिक्रिया