• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    भिजनबिनाको रास्वपाले युवाहरुलाई दिग्भ्रमित बनाउँदैछ : उपमहासचिव गुरुङ

    1.8K
    SHARES



    काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् ।

    नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतामा टेकेर राष्ट्रिय स्वतन्त्र पार्टीले युवाहरुलाई भ्रम छरिरहेको आरोप लगाए ।

    ‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुन्चैं चटकेवालहरु चलिराखेका छन्, जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन ।’

    नीतिबिनाको पार्टीले देशको विकास गर्न नसक्ने त्यो केवल चटक मात्रै हुने गुरुङको भनाइ छ । ‘दुनियाँमा यस्ता रमिते र चटकेहरु धेरै देखेका छौं । त्यस्ता चटकेहरु हामीले भारतमै देखेका छौं, अमेरिकामा देखेका छौं, रुसमा देखेका छौं, अस्ट्रेलियामा देखेका छौं,’ उनले भने, ‘तर, लोकप्रियतावादले भिजनबिनाको, नीति बिनाको, योजना बिनाको पार्टीले मुलुकलाई अगाडि हाँक्न सक्दैन ।’

    गुरुङले थपे, ‘त्यस्तै यो मुलुकमा राष्ट्रिय स्वतन्त्रता पार्टी नामको पार्टी छ, जसको कुनै भिजन छैन, कुनै योजना छैन, कुनै नीति छैन त्यसले युवाहरुलाई दिग्भ्रमित भइराखेका छन् । यो दिग्भ्रमबाट मुक्त हुनुहोस् ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया