• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जलहरी प्रकरण : तत्कालीन सदस्य सचिव ढकालसहित ३ जनाविरूद्ध मुद्दा दायर

    1.4K
    SHARES



    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा ३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

    अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकालसहित ३ जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

    ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

    उनीहरुविरुद्ध जलहरी लगाउने क्रममा १ किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको अनुसन्धनानले देखाएको छ । उनीहरुविरुद्ध जनही १ करोड १७ लाख १७८१ रुपैयाँ बिगो मागदावी गरिएको छ ।

     

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया