काठमाडौँ । नेपाली कांग्रेसले फिदिम नगरपालिका सभापति प्रकाश गुरुङलाई पार्टीबाट निष्कासन् गरेको छ ।
कांग्रेसको अनुशासन समितिले गुरुङलाई ३ वर्षसम्मका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै गुरुङलाई पार्टीबाट निष्कासित गरेको जनकारी गराएका छन् ।
गुरुङले जिल्ला सहसचिव सन्तोष श्रेष्ठसँग २०७४ सालको स्थानीय तह निर्वाचन पूर्व गरेको टेलिफोन संवाद गत असार १३ गते बाहिरिएपछि कांग्रेसको जिल्ला कार्यसमिति बैठकले दुवै जनालाई स्पष्टीकरण मागेको थियो ।
अडियो संवादमा फिदिम नगरपालिकामा मेयर पदको टिकट लिन पार्टी सभापति शेरबहादुर देउवापत्नी आरजु राणासँग २ करोड लेनदेन भएको आशय प्रकट गरिएको थियो ।
स्थानीय तह निर्वाचनमा गुरुङ स्वयम् मेयरका आकाङ्क्षी रहेकाले टिकट नपाएपछि पूर्वाग्रही भएर बदनियत पूर्वक अडियो-भिडियो रेकर्ड गरेर सार्वजनिक गरेको गुरुङमाथि आरोप थियो ।
१`
प्रतिक्रिया