काठमाडौँ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार आज बस्ने भएको छ ।
पार्टीको समसामयीक विषय तथा अध्यक्ष सिके राउतको अमेरिका भ्रमणलगायतको विषयमा ब्रिफिङ हुने भनिएको छ ।
जनमत पार्टी मिसन ८४ सञ्चालन गरिरहेको छ । पार्टीले मिसनका लागि गरिरहेको गतिविधिलगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता डा.शरतसिंह यादवले सचिवालयको यो नियमित बैठक रहेको बताएका छन् ।
प्रत्येक आइतवार सचिवालको बैठक बस्ने गरेको र बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया