• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकप क्रिकेटका अभ्यास खेल पनि वर्षाले प्रभावित

    1.3K
    SHARES



    काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप अघिका आजका दुवै अभ्यास खेल वर्षाले प्रभावित भएका छन् ।

    गुहाहिटीमा इंग्ल्याण्ड र भारतबीचकाे खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ । तर टसपछि पानी परेकाले खेल शुरु हुन सकेको छैन ।

    यस्तै, अष्ट्रेलिया र नेदरल्याण्ड्सबीचको खेल भने वर्षाले शुरु हुन सकेको छैन । थिरुभानन्थापुरममा पानी परेपछि अहिलेसम्म टस पनि हुन सकेको छैन ।

    हिजो दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल पनि वर्षाले हुन सकेको थिएन । १३ औँ संस्करणको विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतका विभिन्न शहरमा हुँदैछ । प्रतियोगितामा सहभागी १० देशहरु अन्तिम तयारीमा व्यस्त छन् ।

    विश्वकप शुरु हुनुअघि सहभागी १० वटै टोलीले अभ्यास खेल खेल्न लागेका हुन् । हिजो भएको अभ्यास खेलमा न्युजिल्याण्ड र बंगलादेश विजयी भएका छन् । न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले हरायो ।

    त्यस्तै श्रीलंका बंगलादेशसँग ७ विकेटले पराजित भयो । हिजोका लागि तय भएको अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया