• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पाकिस्तान : मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु

    1.5K
    SHARES



    काठमाडौँ। पाकिस्तानमा भएको एक भीषण विस्फोटमा ५२ जना मारिएका छन् ।

    उक्त्त विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए ।

    प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ ।

    जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले मस्तुङ जिल्लामा अल फलाह रोडस्थित मदिना मस्जिद नजिकै भएको विस्फोटमा कम्तीमा ५२ जना मारिएका छन् र दर्जनौँ घाइते भएका छन् ।

    मृत्यु हुनेमा डिएसपी नवाज गशगुरी पनि छन् । मस्तुङका सहायक आयुक्त अत्ता अल-मुनैमका अनुसार सहरको मदिना मस्जिद नजिकै इद अल-मिलाद अल-नबी मनाउन मानिसहरू भेला भइरहेका बेला विस्फोट भएको थियो ।

    घाइतेलाई दुई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मस्तुङ शाहका दुई प्रहरी अधिकारीले मृत्यु हुनेको सङ्ख्या बीबीसी समाचारलाई पुष्टि गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया