• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराध मुद्दा

    1.2K
    SHARES



    काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ गरिएकाहरू विरुद्ध प्रहरीले संगठित सुन तस्करीको मुद्दामा अनुसन्धान थालेको छ ।

    बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो ।

    पक्राउ पर्नेमा बिगु गाउँपालिका-१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् ।

    आरोपितहरू विरुद्ध भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन-२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको दोलखाका डिएसपी दीपक खड्काले रातोपाटीलाई बताएका छन् ।

    बिगु गाउँपालिका-३ जामुनेमा डेरा गरेर बस्ने केशर तामाङसमेतले अवैध रुपमा तस्करी गरेर ल्याएको सुन लुकाएर राखेको सुराक पाएपछि प्रहरीले केशर बहादुर तामाङको कोठा सर्च गर्दा सुन भेटिएको थियो ।

    केशर, पेम्बा र माधवको बयानका आधारमा नुर्वु छिरिङ र सुनमाला बिहीबार भीमेश्वर नगरपालिका-६ स्थित शुभकामना होटलबाट पक्राउ परेका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया