• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंका यी क्षेत्रमा आज सवारी साधन प्रवेश निषेध

    1.8K
    SHARES



    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज पनि सवारी साधन आवागमन प्रभावित हुने भएको छ। इन्द्रजात्राको चौथो दिनको जात्राका कारण बसन्तपुर क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ।

    काठमाडौं महानगरपालिकाले यस अघिनै जारी गरेको सूचना अनुसार आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने भएकाले त्यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ।

    सवारी साधन प्रवेशमा रोक लगाइएकाले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल लगायतका भीभीआइपीहरू हिँडेरै न्युरोडबाट वसन्तपुर पुगेका थिए।

    काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि मंगलबारदेखि सुरू भएको इन्द्रजात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

    इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले आग्रह गरेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया