• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतकाे ‘हरित क्रान्ति’ का वैज्ञानिक स्वामीनाथनको निधन

    1.3K
    SHARES



    काठमाडौँ । भारतमा ‘हरित क्रान्ति’ का वैज्ञानिक डाक्टर एमएस स्वामीनाथनको ९८ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहीवार चेन्नईमा निधन भएको बीबीसी हिन्दीले जनाएको छ ।

    स्वामीनाथनलाई भारतको लोकप्रिय वैज्ञानिकको रूपमा चिनिन्छ । गहुँको उत्कृष्ट प्रजाति आविष्कार र खेतीका लागि सिफारिस गर्ने उनि पहिलो व्यक्ति थिए । यसले भारतमा गहुँ उत्पादनमा ठूलो वृद्धि भएको छ ।

    स्वामीनाथन पद्मश्री, राेमन म्यागासेसे, विश्व खाद्य लगायत दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । किसानको अवस्था सुधार र कृषि प्रवर्धनका लागि उनले सरकारलाई विभिन्न सिफारिस गरेका थिए तर अहिलेसम्म पनि ती सिफारिस पूर्णरूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

    सरकारले उनको माग सम्बोधन गर्न आयोगको नाम नै स्वामीनाथन राखेको थियो । तर आयोगको सिफारिस कार्यान्वयन नहुँदा किसानले पटक पटक आन्दोलन गर्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया