काठमाडौँ। एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ ।
आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो ।
समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए । जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो भयो । समूहमा शीर्ष स्थान दक्षिण कोरियाले हात पार्यो ।
नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो । नेपाल ४ समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो । अब नेपालले दोस्रो चरणमा भोलि समूहमा प्रतिस्पर्धा गर्नेछ । त्यहाँबाट उत्कृष्ट ८ टिम तेस्रो चरणमा प्रवेश गर्नेछन् ।
पहिलो चरणमा समूह ‘ए’ बाट हङकङ, ‘बी’ बाट चाइनिज ताइपेई, ‘सी’ बाट दक्षिण कोरिया र नेपाल तथा ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा छन् । वरीयताका आधारमा यसअघि नै चीनसहित ४ देश दोस्रो चरणमा पुगेका छन् ।
प्रतिक्रिया