• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेद्वारा उम्मेदवारी फिर्ता

    2.5K
    SHARES



    काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आन्तरिक छलफलपछि उनले बिहीबार (आज) आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

    उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् । निर्वाचन अन्तरगत अब  ४ जना अध्यक्षका उम्मेदवार कायम भएका छन् ।

    निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदान सञ्चालन गर्ने बताइएको छ । यो बीचमा सहमतिको प्रयास समेत जारी छ ।

    यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राको अवलोकन गर्न बसन्तपुर पुगेका छन् । केहीबेरअघि न्युरोडको जुद्धशमशेर शालिकबाट हिँडेर राष्ट्रपति पौडेल बसन्तपुर पुगेका हुन् ।

    आजको दिन मुख्य रुपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रुपमा रहेका कुमारी,गणेश र भैरवको दर्शन गर्ने परम्परा छ ।

    इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति,सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरपालिका मेयर/उपमेयरलगायतका पदाधिकारीहरू हुनमानढोका पुगेका छन् ।

    काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी साधनमा रोक लगाएपछि उनीहरू सबै हिँडेरै बसन्तपुर पुग्नुभएको हो । रथयात्रा हेर्न सर्वसाधारणदेखि विदेशी पाहुनाको भीड लागेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया