• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    टाइब्रेकरमा नेपाल भारतसँग पराजित, फाइनलमा पाकिस्तान र भारत

    2.1K
    SHARES



    काठमाडौँ । नेपाललाई टाइब्रेकरमा हराउँदै भारत साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

    बुधवार दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको छ ।

    निर्धारित समयको खेल १-१ को बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काएका थिए ।

    नेपालको तर्फबाट लक्ष्मण थापा, प्रशान्त लक्सम लिम्बु र विक्रम तामाङ गोल गर्न चुकेपछि नेपाल पराजित भयो । अश्विन घोरासिनी र कुशल देउवाले भने गोल गरेका थिए ।

    भारतका खेलाडी दिनेश सिंह र रिक्की मित्तलको पेनाल्टी नेपालका गोलरक्षक जियारथ शेखले बचाएका थिए। तर अर्जुन सिंह,गोम्सर गोयारी र माङलिङ थेङ किपिङले सहजै गोल गरे ।

    फाइनल पाकिस्तान र भारतबिच हुने५ । पाकिस्तानले पहिल्यै भुटानलाई टाइब्रेकरमा हराएर फाइनलमा पुगेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया