• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमाले बागमती अधिवेशन- ५ पदमा २६ जनाको उम्मेदवारी

    1.9K
    SHARES



    काठमाडौँ। एमाले बागमती अधिवेशनमा अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा पनि ५ जनाले उम्मेदवारी दिएका छन् ।

    पार्टी कार्यालय च्यासलमा अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन् ।

    सचिवमा रत्न गुरूङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

    उपसचिव (२ पद) मा १२ जनाको उम्मेदवारी परेको छ। खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उम्मेदवारी दिएका हुन् । मतदान भने बिहीबार बिहान ८ बजेदेखि सुरू हुने भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया