• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कांग्रेस सभापतिद्वारा राजीनामा

    2.6K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद दीपक खड्काले संखुवासभा पार्टी सभापतिबाट राजीनामा दिएका छन् ।

    खड्काले संसदमा सक्रिय हुँदा जिल्लाको पार्टी गतिविधिमा ध्यान दिन नसकेका कारणले राजीनामा दिएको बताएका छन् ।

    ‘जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ,’ खड्काले केन्द्रीय कार्यालयमा बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

    खड्काले आफ्नो राजीनामा स्विकृत गरेर अर्को व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन देउवासँग आग्रह गरेका छन् । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत राजीनामा बुझाइएको खड्काका स्वकीय सचिव भूपाल बस्नेतले जानकारी दिए ।

    खड्काले १४ औं महाधिवेशनमा राईमान राईलाई पराजित गर्दै जिल्ला सभापति बनेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया