• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विवाह समारोहमा आगलागी, दुलहा र दुलहीसहित १ सय जनाको मृत्यु

    8.6K
    SHARES



    काठमाडौँ। उत्तरी इराकमा एक विवाह समारोहमा भएको आगलागीमा परी कम्तीमा १ सय जनाको मृत्यु हुनुका साथै १ सय ५० जना घाइते भएका इराकी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार मारिनेमा दुलहा र दुलही पनि रहेका छन् । यो दुर्घटना इराकको उत्तरी निनेवेह प्रान्तको अल-हमदानिया जिल्लामा मंगलबार साँझ भएको हो ।

    आगलागीको कारण अझै खुल्न नसकेको तर पटाका जलाएपछि आगलागी भएको प्रारम्भिक रिपोर्टमा भनिएको छ ।

    इराकी समाचार एजेन्सी नीनाले दुर्घटनाको तस्बिर सेयर गरेको छ जसमा अग्निनियन्त्रकहरू आगो निभाउने क्रममा देखिएका छन् । स्थानीय पत्रकारहरूले पनि कार्यक्रम हलको जलेको अवशेषको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

    इराकको सिभिल डिफेन्स डाइरेक्टरेटका अधिकारीहरुले कार्यक्रम हल निर्माणमा प्रयोग हुने सस्तो उत्पादनका कारण आगो तीव्र गतिमा फैलिएको बताएका छन् ।

    एक अधिकारीका अनुसार ‘अत्यधिक ज्वलनशील, कम लागतको निर्माण सामग्रीको प्रयोगका कारण आगलागी हुँदा हलका केही भागहरू केही मिनेटमै भत्किएको छ,’ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया