• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमाले बागमती प्रदेश अधिवेशनको मतदाता नामावली प्रकाशन

    1K
    SHARES



    काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

    निर्वाचन कार्यालयले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशित गरिएको छ । कार्यालयले उम्मेदवारहरुका लागि बिहान ११ः३० बजेदेखि फारम वितरण गर्ने जनाएको छ ।

    एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने भनेको छ । बिहान मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता पछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको छ ।

    नेता शेरबहादुर तामाङका अनुसार असोज ११ गते बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।

    एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गरेर सकिने भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया