• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चर्चित मानव अधिकारकर्मी नाम्पालाई ४ वर्षको जेल सजाय

    1.3K
    SHARES



    काठमाण्डौ । राजसंस्थाको सरंक्षण गर्ने कानुनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई चार वर्ष जेल सजाय सुनाइएको छ ।

    नाम्पामाथि थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको र राजाको अपमान गरेको अभियोग छ ।

    यसै वर्षको शुरूमा चुनाव जितेको पार्टीले कानुनमा संशोधन गर्ने वाचा गरेको भए पनि अधिकारकर्मी नाम्पालाई दिइएको सजायले राजसंस्थाको आलोचना गर्न नपाइने विवादित कानुन बहाल रहने सङ्केत गरेको छ ।

    सन् २०२० मा भएको प्रदर्शनको क्रममा गरेको एउटा टिप्पणीबारे परेको मुद्दामा बैंककको अदालतले उनलाई  दोषी ठहर गरेको बीबीसीले जनाएको छ । सन् २०१४ मा ‘कू’ मार्फत् सेना शक्तिमा आएयता यस्तो कानुनको व्यापक प्रयोग गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया