• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अजरबैजान : इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, ३ सय जनाभन्दा धेरै घाइते

    0.9K
    SHARES



    काठमाडौँ। अजरबैजानको नागोर्नो-काराबाखमा रहेको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गएको छ ।

    डिपाेमा विस्फाेट हुँदा ३ सय जनाभन्दा धेरै घाइते भएका अर्मेनियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    तीन सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा भनिएको छ ।

    नागोर्नो-काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ । विस्फोट के कारणले भएको हो भन्ने अझै खुलेको छैन ।

    विवादित नागोर्नो-काराबाख क्षेत्रमा एक लाख २० हजार जना जातीय अर्मेनियालीहरूको बहुमत रहेको छ । गए हप्ता अजरबैजानले नागोर्नो-काराबाख कब्जा गरेपछि घरबारविहीन भएका धेरै जना अर्मेनिया प्रस्थान गरेका छन् । अर्मेनिया सरकारले घरबारविहीनलाई शरण दिने भनेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया