• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सेतो कोट लगाएर प्रदर्शनमा उत्रिए चिकित्सक

    2.1K
    SHARES



    काठमाडौँ । पोखराको मणिपाल अस्पतालका चिकित्सक कुटपिट गरेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । मंगलबार (आज) काठमाडौँको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका हुन् ।

    ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानून बनाउन पनि माग गरेका छन् ।

    राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

    प्रदर्शनमा पाटन अस्पताल, वीर अस्पताललगायत काठमाडौँ उपत्यकाका डाक्टर सहभागी रहेका छन् । सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए । त्यस्तै उनीहरूले अस्पतालमा तोडफोड पनि गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ