काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान-२०८० सञ्चालनको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
गत महिना बसेको नेकपा एसको केन्द्रीय समिति बैठकले ‘मुलुकका रूपान्तरणकारी एजेण्डा-मुद्दाहरू राष्ट्रलाई सुनाउने’ उद्देश्यले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जागरण अभियान असोज १४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश सचिवालय सदस्य र जिल्ला पदाधिकारी रहेको २ हजार १ सदस्यीय मूल समारोह आयोजक कमिटी गठन गरेको छ ।
प्रदेश इन्चार्जको नेतृत्वमा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्य रहेको आयोजक कमिटी गठन गरिएको छ ।
प्रतिक्रिया