• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    सन्दीप लामिछाने चीन प्रस्थान

    1.5K
    SHARES



    काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन सन्दीप लामिछाने मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । सन्दीपविरुद्ध लागेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबार स्थगित भएको थियो ।

    त्यसपछि उनी एसियाली खेलकुदमा सहभागी हुन चीन जाने अनुमान गरिएको थियो । उनले भने मानसिक तनावका कारण आफू चीन नजाने बताएका थिए ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित पदाधिकारीहरूले सम्झाएपछि उनी चीन जान तयार भएका हुन् । त्यसपछि मंगलबार उनी एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरेका हुन् ।

    एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि सुरु हुँदै छ । टी-२० ढाँचामा खेलाइने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्नेछ ।

    काठमाडौँ जिल्ला अदालतमा आफूविरुद्ध मुद्दा चलिरहे पनि सन्दीपले यसअघि जिम्बाबेमा एकदिवसीय विश्वकपको छनोट तथा पाकिस्तान र श्रीलङ्कामा एसिया कप क्रिकेट खेलेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया