• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    783
    SHARES



    काठमाडौँ । आज सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ ।

    बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ ।

    सङ्घीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्ने कांग्रेसको तयारी छ ।

    यस्तै, नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र शुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा अहिले बिहान शुरु हुने बन्दसत्रमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस हुनेछ ।

    छलफलबाट यी प्रतिवेदन पारित भएपछि नेतृत्व चयनका लागि प्रक्रिया शुरु हुनेछ । बाग्मती प्रदेश अधिवेशनमा १ हजार १ सय ३८ जना प्रतिनिधि सहभागी रहेका छन् ।

    नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गर्ने गरी तयारी भइरहेको एमालेले जनाएको छ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि आकाङ्क्षी धेरै छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया