काठमाण्डाै । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने बालकको ज्यान गएकाे छ ।
ज्यान गुमाउनेमा मनिष सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजाे पोखरामा ज्यान गएकाे हाे ।
तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिएका छन् ।
प्रतिक्रिया