काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिन सोमबार नेपालका बक्सिङ खेलाडी रविन थापाले जित निकालेका छन् । पुरुषतर्फको ४६ देखि ५१ केजी तौलसमूहको ३२ खेलाडीबीचको भिडन्तमा उनले सफलता हात पारेका हुन् ।
जितसँगै रोविन अन्तिम १६ मा प्रवेश गरेका छन् । उनले सोमबार इन्डोनेसियाका प्रतिद्वन्द्वी दियो कोएबानुलाई ४-१ ले हराए । सोमबार नै नेपालकी विनीता थापामगरले महिला ६० देखि ६६ केजी तौलसमूहमा चाइनिज ताइपेईकी निन चिन चेनको सामना गर्दैछिन् ।
यसैगरी सोमबार नै पुरुष ६३.५ देखि ७१ केजी तौलसमूहमा नेपालका दिपेश लामाले भारतका निसान्त देवको सामना गर्ने भएका छन् ।
प्रतिक्रिया